You are viewing the translated version of नगद धरौटीमा कच्चापदार्थ पैठारी गर्ने.

Section 25
नगद धरौटीमा कच्चापदार्थ पैठारी गर्ने
(१) ऐनको दफा १५ बमोजिम कुनै उद्योगले आफूले गरेको उत्पादन प्रतीतपत्रको माध्यमद्वारा वा प्रचलित बैड्रिक्गक कागजातको माध्यमबाट निकासी गर्ने वा परिवर्त्य बिदेशी मुद्रामा स्वदेशमै बिक्री गर्ने भएमा त्यस्तो वस्तु उत्पादन गर्न आवश्यक कच्चापदार्थ पैठारी गर्दा लाग्ने महसुल नगद धरौटी राखी पैठारी गर्न सक्नेछ।

(२) उपनियम (१) बमोजिम कच्चापदार्थ पैठारी गर्दा तयारी वस्तु निकासी गर्ने व्यहोरा जनाई त्यस्तो कच्चापदार्थमा लाग्ने महसुल नगद धरौटीमा जाँचपास गर्न सम्बन्धित भन्सार कार्यालयमा अनुसूची-४ बमोजिमको . ढाँचामा निवेदन दिनु पर्नेछ।

(३) उपनियम (२) बमोजिम प्राप्त निवेदनको आधारमा पैठारी भएको कच्चापदार्थमा लाग्ने महसुल बापतको रकम नगद धरौटी राखी जाँचपास गरिनेछ। कच्चापदार्थ पैठारी गर्दा वा निकासी प्रक्रिया पूरा गरेपद्चि सोको विवरण पैठारीकर्तालाई दिइने पासबुकमा स्पष्टसँग उल्लेख गर्नु पर्नेछ।

(४) उपनियम. (१) बमोजिम पैठारी भएको कच्चापदार्थबाट उत्पादित तयारी वस्तु बाह्र महिनाभित्र निकासी वा स्वदेशमै परिवर्त्य विदेशी मुद्रामा बिक्री गरिसक्नु पर्नेछ।